२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ

गोकर्णेश्वर नगरपालिका-३ गाम्चामा प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेर भाग्न खोजेको आरोपमा एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे ३१ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार तामाङले सस्तोमा डलर साटिदिने भन्दै मानिसहरूलाई ठगी तथा लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीमाथि डलर र सुनसँग सम्बन्धित ठगी तथा लुटपाटको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि भाग्न खोजेपछि तामाङको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २० कार्तिक २०८३ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App