२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

रौतहटमा बस दुर्घटना, चार भारतीयसहित नौ जना घाइते

रौतहटमा यात्रु बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। गौर-चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने गौर नगरपालिका वडा नम्बर ४ दालमिल नजिक ना ८ ख ८७७३ नम्बरको यात्रु बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चन्द्रनिगाहपुरबाट करिब ४० जना यात्रु बोकेर रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा आउँदै गरेको बस विद्युतको ट्रान्सर्फमर बाधेको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गढिमाई ननगरपालिका १ निवासी ३२ वर्षीय रंजय यादव, बारा कलैया उपमहानगरपालिका १ भवरा टोलका ३० वर्षीय नुर महम्मद, यमुनामाई गाउँपालिका ३ मलहनियाका ४२ वर्षीय विनोद बैठा, गरुडा ननगरपालिका ४ का २६ वर्षीय निरज गुप्ता र मकवानपुर हेटौडा ४ की ४२ वर्षीया सुनिता केशरी घाइते भएका छन्। यस्तै भारत गमडियाका ४४ वर्षीय देव नारायण बैठा र सोही गाउँका २० वर्षीय सुभम कुमार बैठा, भारत शिवहरका ५५ वर्षीय ललन साह र भारत सितामढी जिल्लाका ६० वर्षीय लभिस सहनी पनि सोही दुर्घटनामा घाइते भएका छन्।  

दुर्घटनामा घाइते भएका सबैको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसका चालक चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ फाल्गुन २०८२ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App