२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मनसुनी जोखिम घटाउन बिपी राजमार्गको रात्रिकालीन यात्रामा रोक

बिपी राजमार्गमा ६ दिनसम्म रात्रिकालीन यात्रामा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मनसुन सक्रिय हुन लागेको अवस्थामा जोखिम हुने भन्दै बिहीबारदेखि असोज २१ गतेसम्मका लागि बिपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको हो।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट सिर्जना हुनसक्ने जोखिम न्यूनीकरणका लागि बिपी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेकका सवारी साधन रातिमा चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ। 

सूचनाअनुसार यी ६ दिनमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्णतया रोक लगाइएको छ। जसअनुसार बिपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला चलाउन पाइने छैन। 

गत वर्ष असोजमा आएको भारी वर्षापछिको बाढी पहिरोले बिपी राजमार्गमा पनि क्षति पु¥याएको थियो। जसको अहिलेसम्म पूर्ण रूपमा मर्मत हुनसकेको छैन। 

प्रकाशित: १६ आश्विन २०८२ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App