४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत झन् उम्लिएको छ : प्रसाईँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेन-जीको आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गरेका छन्। साथै आन्दोलनमा घाइते भएकाको झापामास्थित बि एण्ड सी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको पनि उल्लेख गरेका छन्।

'हिजोको आन्दोलनमा ज्यान गुमाएका साहसी युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते सबै साथीहरूको शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु। आन्दोलनमा घाइते हुनुभएका सबैको लागि बि एण्ड सी अस्पताल, झापामा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। थप सहयोग आवश्यक परे म सधैं जेन-जीसँगै छु,' उनले भने।

सोही क्रममा उनले बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत झन उम्लिएको बताए। तिनकुने घटनामा जस्तै यस पटकको आन्दोलनमा पनि सरकारले आफैँ घुसपैठ गराएर निर्दोष युवामाथि दमन गर्नु अक्षम्य अपराध भएको जिकिर गरे। साथै अन्यायविरुद्धको संघर्ष जारी रहने उनको भनाइ राखे।

उनले अगाडि भनेका छन्, 'तर, बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत झन उम्लिएको छ। तिनकुने घटनामा जस्तै, यसपटकको आन्दोलनमा पनि सरकारले आफैं घुसपैंठ गराएर निर्दोष युवामाथि दमन गर्नु अक्षम्य अपराध हो। अन्यायविरुद्धको संघर्ष जारी रहनेछ।'

प्रकाशित: २४ भाद्र २०८२ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App