८ असार २०८३ सोमबार
image/svg+xml
समाज

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हालेका छन्।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका हुन्।

यसअघि मंगलबार नै संघीय संसदको संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८३ १९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App