२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा आएको छ । गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो । 

त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए ।  कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो । 

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

प्रकाशित: २३ कार्तिक २०८३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App