२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नेपाल प्रहरीमा अनिवार्य अवकाशभन्दा राजीनामा दिनेको सङ्ख्या दोब्बर, संगठनभित्र जनशक्ति अड्याउन धौ–धौ

नेपाल प्रहरीमा अनिवार्य अवकाश पाएर घर फर्किनेभन्दा अवधि नपुग्दै राजीनामा दिएर सेवा छाड्ने प्रहरीको सङ्ख्या झण्डै दोब्बर पुगेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा ६८१ जना प्रहरी अनिवार्य अवकाशमा जाँदा १ हजार २६४ जनाले भने बिचमै राजीनामा दिएका प्रहरी प्रवक्ता अबि नारायण काफ्ले बताएका छन्।

३० वर्षे सेवा अवधि, उमेरहद, कार्यबोझ, तथा वैदेशिक रोजगारको आकर्षणका कारण तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी कर्मचारीले अवधि नपुग्दै संगठन छाड्ने क्रम बढेको हो।

अनुभवी जनशक्ति यसरी बिचमै बाहिरिँदा संगठनमा अनुभवको कमी हुनुका साथै नयाँ जनशक्ति भर्ना र तालिममा राज्यको थप लगानी खर्च हुने चुनौती देखिएको छ।

प्रकाशित: २३ श्रावण २०८३ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App