१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नेपाल-कोरिया उर्जा साझेदारीबारे छलफल

नेपालस्थित कोरियाली दूतावासले आज डिसेम्बर १५ (सोमबार) २०२५ मा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको सहकार्यमा काठमाडौंमा नेपाल -कोरिया ऊर्जा साझेदारी सेमिनार आयोजना गरेको छ। निजी क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्न डिजाइन गरिएको यस किसिमको सेमिनार नेपालमा पहिलो पटक आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री चिरञ्जीवी चटौतले कार्यक्रम आयोजनालाई बधाई दिँदै कोरियाली लगानीकर्ता तथा सम्वन्धित निकायहरुलाई नेपालको जलविद्युत र ऊर्जा क्षेत्रहरूसँग दीर्घकालीन साझेदारीका लागि नेपाल सरकार तत्पर रहेको धारणा व्यक्त गरे। सचिव चटौतले नेपाल र कोरियाबीच व्यपार सम्झौता, संयुक्त उद्यम, श्रम सहयोग, उपलव्ध  स्रोतहरूको सही परिचालन गरेर लाभ लिन सक्ने बताए।  

दुई देशबीचको अर्ध शताव्दी भन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए। उनले आगामी दिनहरूमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा थप कोरियाली लगानी आकर्षित गर्नका लागि कोरिया सरकारसँग अपेक्षा राखे।

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया सरकारले नेपालको विकास र समृद्धिको यात्राको सहकार्य ५० वर्षभन्दा लामो रहेको धारणा व्यक्त गरे। त्यसैगरी, दुई देशबीचको आपसी सहकार्य  आवश्यकताको आधारमा रहेको खुलाए। कोरियाली लगानीकर्ताले नेपालको उर्जा क्षेत्रमा साझेदारीका रुपमा  तीनवटा जलविद्युत आयोजना निर्माण गरेको उल्लेख गरे।  

उनले ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यको प्रचुर सम्भावना रहेको खुलाउँदै आयोजित सेमिनारलाई उर्जा क्षेत्रका कम्पनीहरुबीच एकअर्काको आवश्यकता बुझ्न र भविष्यका परियोजनाहरूको सम्भावनाको बारेमा ज्ञान लिन तथा अन्वेषण गर्ने अवसरको रूपमा सदुपयोग हुने धारणा राखे।

यो सेमिनारमा, कोरियाली कम्पनीहरूले नेपालको उर्जा क्षेत्रमा सहकार्यका सम्भावना तथा चुनौतीका बारेमा आआफ्नो धारणा राखेका थिए। सेमिनारको उद्देश्य नेपालमा कोरियाली लगानी आकर्षित गर्नुका साथै निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग सहकार्य गर्नु रहेको उल्लेख गरे।

आफ्नो प्रस्तुतिमा, नेपाल सरकारका पूर्वसचिव मधुप्रसाद भेटुवालले देशका विभिन्न भागहरूमा रहेका जलविद्युत उत्पादन क्षेत्रको बारेमा जानकारी गराउँदै उत्पादित बिजुली प्रसारण प्रणाली मार्फत उपभोक्ता सम्म हुने विभिन्न चरणमा वैदेशिक लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा नेपाल सरकारको जलश्रोत नीतिको बारेमा जानकारी दिए।

सेमिनारमा सहभागीहरूको संख्या लगभग १५० रहेको थियो, जसमा नेपालका उर्जा क्षेत्रका लगानी कर्ता, कोरियाली उर्जा क्षेत्रका लगानीकर्ता, KOTRA न्यूडेल्लीका प्रतिनिधी, अपर त्रिशुली १, एसवाई प्यानल र मिडिाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रकाशित: २९ मंसिर २०८२ २१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App