१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

नेपाल–भारत दसौँ डिआइजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणमा साझा प्रतिबद्धता

सीमा अपराध नियन्त्रणका लागि नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबिले सहकार्य र समन्वय गरी गरी बढ्ने सहमति गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबिच रुपन्देहीको लुम्बिनीमा सम्पन्न १० औँ डिआइजी स्तरीय समन्वयात्मक बैठकमा यस्तो सहमति गरिएको हो।

बैठकमा विशेषगरी सीमा अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्यमा नेपालको सशस्त्र र भारतको एसएसबी अघि बढ्ने सहमति भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयका रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले बताए।

सीमा अपराधहरू मानव तस्करी, नक्कली मुद्रा,लागूऔषध, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत छलफल भएको उनले बताए।

सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान,समयमै सीमा स्तम्भहरूको मर्मत तथा सम्भार बारे समेत छलफल गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, खेलकुद तथा विविध कार्यहरूलाई समेत निरन्तरता दिइने बारे छलफल भएको थियो।

बैठकमा २०८३ वैशाख २२ गते भारतको एकीकृत जाँच चौकी रुपहैडिहामा सञ्चालन भएको नवौँ समन्वयात्मक बैठकमा भएका एजेन्डामा समेत समीक्षा भएको गिरिएको थियो।

बैठकबाट औँल्याइएका साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल गरिएको थियो।

सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको बताए।

उनले सक्रियताका साथ कार्यक्षेत्रमा होमिन मातहत गणपतिहरूलाई निर्देशन समेत दिँदै भोटेकोशी बाढी पश्चात् भारत सरकारले गरेका सहायता र नदीले बगाएर लगेका शवहरूको खोजी कार्य तथा फेला परेका शव हस्तान्तरणप्रति भारत सरकार र सशस्त्र सीमा बल भारतलाई धन्यवाद दिएका थिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले गरेका थिए।

सशस्त्र सीमा बल, भारततर्फबाट नेतृत्व सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी.विक्रमन गरेका थिए। बैठकमा सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तेज प्रसाद पोखरेलले स्वागत र  सशस्त्र सीमा बल भारतका तर्फबाट नेतृत्व गरेको  सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी.विक्रमनले डिजिटल बोर्डर तथा बाहिनी स्तरीय सूचना आदान प्रदानका लागि अनौपचारिक संयन्त्रको बारेमा जानकारी गराएका थिए।

सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तेज प्रसाद पोखरेल लगायत बाहिनी मातहत लुम्बीनी प्रदेशका सीमासंग जोडिएका जिल्लाका गणपतिहरु र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर गोरखपुरका उपमहानिरिक्षक दीपक बरनवाल तथा सो सेक्टर हेडक्वाटरर सेक्टर हेडक्वाटरलखीमपुर खीरी मातहत ५÷५ वटा बटालियनका बटालियन कमान्डरहरूको सहभागिता थियो।

प्रकाशित: १७ कार्तिक २०८३ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App