१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

पार्टी एकीकरणपछि चुनावको तयारीमा जुट्न माधव नेपालको निर्देशन

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकीकरण तथा संगठनात्मक समायोजनको काम सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने बताएका छन्। 

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको पार्टी एकता कार्यक्रममा बोल्दै उनले प्रदेश, जिल्ला र पालिकास्तरसम्म संगठनात्मक समायोजनको काम पूरा गर्नुपर्ने बताएका हुन्। 

नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ पुगेर पार्टीको प्रचारप्रसार गर्न, सदस्यता विस्तार गर्न र पुराना सदस्यलाई संगठित गर्दै सदस्यता नवीकरण अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन्। 

पार्टीको केन्द्रीय संयोजन समितिका सदस्यदेखि केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सबै सदस्यले पार्टीका निर्णय तथा निर्देशन कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 

नेपालले पार्टीको संगठन देशव्यापी रूपमा विस्तार गर्न नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरे। पार्टी सानो देखिए पनि जनताको सहभागिता र कार्यकर्ताको सक्रियताले संगठनलाई बलियो बनाउन सकिने उनको भनाइ छ। 

प्रकाशित: १७ कार्तिक २०८३ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App