१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा

नेपाल–चीन कूटनीतिक<br>

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ ।  

यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजदूत चाङले जारी गरेकोे शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ ।

सन्देशमा उनले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पुर्‍याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

प्रकाशित: १६ श्रावण २०८३ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App