१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

नेपाल बैंक लिमिटेडले दुनैमा दिन थाल्याे ‘एटिएम’ सेवा

नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ।

बैकको ८९ औं वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको बताए।

उनले भने, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौंका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ। ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको बताए।

ठूलीभेरी नगरपालिका - ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडले दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरे।

उनीहरूले आउँदाे दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायका लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन। बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलाई एटिएम कार्ड उपलब्ध गराउने बताए। 

प्रकाशित: ४ मंसिर २०८२ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App