२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा प्राधिकरणले आज मौनधारण तथा दीप प्रज्वलन गर्ने

नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा घटनाको तेह्रौँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका सम्पूर्ण कार्यालयमा आज अपराह्न ५ः१० बजे मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण तथा दीप प्रज्वलन गरिने भएको छ।

प्राधिकरणले सबै कार्यालयलाई निर्धारित समयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न तथा सम्पूर्ण कर्मचारीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएकोछ भने कैयौँ व्यक्ति अझै बेपत्ता छन्। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App