सार्वजनिक ठाउँमा बम राखेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार बिहान कपिलवस्तुको बर्गदीघाट, गोरुसिंग बनगाई सडक खण्ड र बनकसबासामा गरी ३ स्थानमा बम राखेको अवस्थमा फेला परेको थियो।
सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका कार्यकर्ता बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैयाका ५८ वर्षीय शोभे भन्ने खेमे थारुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए। थारुमाथी मुलुकी अपराध संहीता २०७४ अनुसार मुद्दा चलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंधान प्रकृया अघि बढाइएको सिंहले बताए।
नेकपा बहुमतले बिभिन्न माग राख्दै नेपाल बन्दको आवहन गरेको थियो।
प्रकाशित: ५ फाल्गुन २०८२ २०:५९ मंगलबार





