३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक: एकतर्फी सञ्चालनमा, उच्च जोखिम कायमै

फाइल तस्बिर।

लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोको उच्च जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबार दिउँसो पहिरोका कारण अवरुद्ध भएको सडक हाल एकतर्फी मात्र सञ्चालनमा आएको छ।

डिभिजन कार्यालयका अनुसार, शनिबार दिउँसोदेखि सो क्षेत्रमा वर्षा भइरहेको छ। विशेषगरी तुइन खोला नजिकको क्षेत्रमा माथिबाट ढुंगा खस्ने जोखिम कायमै छ।

वर्षा नरोकिएकाले थप पहिरो जान सक्ने सम्भावना उच्च रहेको कार्यालयले जनाएको छ।

‘वर्षा भइरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्नुहुन अनुरोध गर्दछौं,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

यात्रा गर्नैपर्ने बाध्यता भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र अघि बढ्न पनि कार्यालयले सुझाएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App