जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको सम्झना स्टाफ होटल भित्र खाजा खाइरहेका अवस्थामा शनिबार साँझ एक जनाको ह*त्या भएको छ ।
ज्यान गुमाउनेमा शेरबहादुर खड्का रहेका ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट खड्का होटलमा बसिरहेका बेला चार जना युवाहरु मदिरा सेवन गरेर आएका थिए । चार जनामध्ये कसले चक्कु चलाएको भन्ने नखुले पनि स्थानीयनै भएको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट दुई युवा फरार भएका छन् भने दुई युवा एम्बुलेन्समै अस्पताल गएका थिए । उनीहरुलाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएर घटना बारे केरकार गरेको छ ।
खड्कामाथि चक्कु प्रहार भएपछि अचेत भएका थिए ।
घाइते खड्कालाई स्थानीयले तत्काल जीतपुरसिमरा नगर अस्पताल पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज स्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषण गरेका थिए। घटनामा संलग्न व्यक्तिको खोजी जारी रहेको सिमराका डिएसपी दया कृष्ण भट्टले बताएका छन।
प्रकाशित: ३ आश्विन २०८३ २१:१७ शनिबार





