मुगुकाे राराताल जाने क्रममा गाडी दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे शव हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ।
आइतबार मुगुकाे छायानाथ नगरपालिका– ७, टाेप्लामा बा १७ च १८६४ नम्बरकाे हाइलक्स दुर्घटनामा परेकाे थियाे। दुर्घटनामा तीन जनकाे मृत्यु भएकाे थियाे भने दुई जना घाइते भएका थिए।
साेमबार दिउँसो नेपाली सेनाकाे हेलिकोप्टरले दुर्घटनामा मृत्यु भएका काठमाडौंकाे कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाकाे शव सुर्खेत पठाएकाे हाे।
आज बिहान सेनाकाे हेलिकोप्टरले घाइते ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई पनि उद्धार गरी सुर्खेत लगेकाे थियाे।
उनीहरू रारा ताल घुम्न निस्केका पर्यटक थिए।
प्रकाशित: ३० कार्तिक २०८३ १३:५७ सोमबार



-600x400.jpg)

