मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत जलविरे नजिक बिहीबार दिउँसो १:५५ बजे सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ र सडक अबको करिब आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। चालकहरूलाई आफ्नो लेनमा नै बसेर लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ।
प्रकाशित: १८ असार २०८३ १४:१२ बिहीबार





