१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-९ राजाबासमा सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ । 

झिलकेटोलबाट राजाबास घरतर्फ जाँदै गरेको स १० प ४७१७ नं. को मोटरसाईकललाई मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट-चुहाडे खण्ड राजाबासमा बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा ३५ वर्षीय हरि दनुवारको मृत्यु भएको हो ।  

अर्को मोटरसाईकललाई साईड दिने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको टिपर मुनि छिर्न पुगेपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए। तत्काल उद्दार गरी उनलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषित गरेको हो ।  

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेशकुमार देवले जानकारी दिए ।

प्रकाशित: ३० चैत्र २०८२ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App