इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रमा लिएको छ ।
इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि दु:ख दिएको तथा रिसवत मागेको सूचनाका आधारमा अख्तियारलेको टलीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
इन्जिनियर खड्काविरुद्ध उजुरी परेपछि अख्तियार आयोग टंगाल र इटहरी कार्यालयबाट खटिएको टोली इलाम पुगेको थियो ।
अनुसन्धानका क्रममा इन्जिनियर खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दमक नगरपालिका १ स्थित खाजा घरबाट आज (बुधबार)नियन्त्रणमा लिएर अनुसन्धान थालेको न्यौपानले बताए ।
प्रकाशित: ३१ असार २०८३ १५:५२ बुधबार


-600x400.jpg)


