सुर्खेतकाे भेरीगंगा नगरपालिका-१२ मसिनामा छाेराले कुटपिट गर्दा आमाकाे मृत्यु भएकाे छ। शुक्रबार बिहान सात बजेतिर ३० वर्षका कबिराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई फरुवाले हानेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुतिरहेकी आमालाई कबिरामले फरुवाले हानेका थिए। छाेराले फरुवाले हान्दा गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएकोमा अस्पतालले मृत घाेषणा गरेकाे थियाे।
आमालाई आक्रमण गरेर फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुले छिन्चु बजारबाट नियन्त्रणमा लिएकाे छ।
प्रकाशित: १४ कार्तिक २०८२ ११:१३ शुक्रबार





