रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८, एकान्तमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट आमा र छोरीको ज्यान गएको छ।
शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ९:३० बजे उनीहरूको मृत्यु भएको हो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ भाद्र २०८३ १२:३४ आइतबार





