पछिल्लो ६ महिनामा विपद्का घटनाहरूले भयावह रूप लिएको छ।
प्रहरीको तथ्यांकअनुसार यस अवधिमा विभिन्न प्राकृतिक तथा मानवीय विपद्का ४,४०७ वटा घटना भएका छन्। जसमा परी ३२२ जनाले ज्यान गुमाएका छन्।
गत वैशाख १ देखि कात्तिक ४ गतेसम्मको अवधिमा भएका यी घटनाहरूमा १,२२१ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन्।
विपद्का कारण जिल्लाका ५९ हजार ६९४ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्रहरीको तथ्यांकले देखाउँछ।
प्रहरीका अनुसार मृत्युको प्रमुख कारण सर्पदंश बनेको छ। ६ महिनामा सर्पदंशका ५११ घटनामा ९० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी, पहिरोका कारण ६७ जनाको मृत्यु भएको छ।
घटना संख्या र प्रभावित परिवारको हिसाबले आगलागी सबैभन्दा ठूलो विपद् देखिएको छ। आगलागीका १,४७६ घटनामा ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् भने २५ जनाको मृत्यु भएको छ।
*यसअघि तथ्यांक एक जिल्ला मात्र केन्द्रित भएकोमा सच्याइएको छ। - डेस्क
विपद्को ६ महिने तथ्यांक (एक झलकमा)

प्रकाशित: ४ कार्तिक २०८२ १९:४३ मंगलबार





