२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

झापामा देखियाे तीन सय बढी बालबालिकामा ‘अटिजम’

झापामा तीन सय ८१ जनामा ‘अटिजम’ को समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालाबालिका छन्।

यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४  बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौता अनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरूलाई स्वास्थ्य, शिक्षा लगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ।

जिल्लामा पहिचान भएका १३ हजार ८६३ अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ बालबालिकामा अजिटमको समस्या छ। प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम थालेकाे हो। कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभामा सञ्चालन भएको थियो।

झापा, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लामा सम्झौता अनुसार गत वर्षदेखि अपाङ्गता पुनः स्थापनाका लागि कार्यक्रम भइरहेको संयोजक घिमिरेले बताए।

जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ। यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निः शुल्क थेरापीसहितको सेवा पाउँदै छन्।

भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाले समुदायमा छलफल थालेका छन्।  

प्रकाशित: १० मंसिर २०८२ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App