१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

रसुवा बाढीपछि १५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता

रसुवामा आएको बाढीपछि आइतबार बिहानसम्म अझै १५ हजार ३३२ जना व्यक्ति बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ। 

उद्धार तथा सहयोगका लागि सरकारले सञ्चालनमा ल्याएको उद्धार अनुरोध पोर्टलमा प्राप्त विवरणअनुसार यति ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका हुन्। 

तथ्यांकअनुसार बेपत्ता हुनेमा १८ वर्षमुनिका ६७६ जना बालबालिका र ६० वर्षभन्दा माथिका ४०९ जना ज्येष्ठ नागरिक समेत रहेका छन्। 

बाढीपछि हालसम्म २ हजार ५०७ जना फेला परेको रिपोर्ट दर्ता भएको छ। त्यसमध्ये १ हजार ८०८ जनाको परिवारसँग भेट तथा समस्या समाधान भएको छ भने ६९९ जना परिवारको प्रतीक्षामा रहेका छन्। 

प्रकाशित: १४ भाद्र २०८३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App