भालुले पशु चौपायाको क्षति गरेको ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा सोमवार डिभिजन वन कार्यालय सहितको सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ ।
स्थलगत सर्जमिन मुचुल्का लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथ डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितनारायण यादव, फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझासहितको टोली भालुले पशु चौपायाका पुर्याएको क्षतिस्थल हाङदेवा वुङकुलुङको धुपौरे क्षेत्र पुगेको थियो ।
स्थलगत अनुगमन टोलीका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष ओझाका अनुसार भालुले भगिमान गुरुङका दुईवटा खसी,एक माउ बाख्रो र एक पाठो गरी ४ पशु चौपायामा क्षति गरेको छ ।
यस्तै भीमकुमार गुरुङका दुईवटा माउबाख्रा र नारायणप्रसाद गुरुङको एउटा भेडा(साँढ) भालुले क्षति गरेको ओझाले जानकारी दिए । वडाध्यक्ष गुरुङले भालुको बिगबिगी बढेको भन्दै जंगलमा घाँस दाउरा गर्दा सर्तक रहन र हिड्डुलमा समेत सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।
प्रकाशित: ७ पुस २०८२ १७:१९ सोमबार





