१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा याङवरकमा साढे सात सयलाई घुम्ती शिविरको सेवा

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा झण्डै साढे ७ सयले सेवा लिएका छन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ मेन्याङ्वोका अनुसार पालिकाले माघ १४ गते देखि २० गतेसम्म पालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका ५ वटा वडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको थियो ।  

शिविरमा ५ सय १३ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । सबैभन्दा बढी वडा नं १ नाङखोल्याङमा १ सय ५८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पालिकाले जनाएको छ । वडा नं ६ थुम्बेदिनका १ सय ३१ जना,वडा नं ३ तिरिङ्गेका ९६ जना,वडा नं ४ डुम्रिसेका ७७ जना र वडा नं ५ चाक्सिबोटेका ५१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको पालिकाले जानकारी दिएको छ ।  

६० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षणका क्रममा वडा नं वडा नं ६ थुम्बेदिनमा ५३ जना,वडा नं १ नाङखोल्याङमा ४७ जना, वडा नं ३ तिरिङ्गेमा ३६ जना, वडा नं ४ डुम्रिसेमा ३१ जना र वडा नं चाक्सिबोटेमा २७ जनाले सेवा लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेन्याङ्वोले जानकारी दिए ।  

सबैगरी कुल १ सय ९४ जनाले स्वास्थ्य परीक्षण सेवा लिएको पालिकाले जनाएको छ । ८६ वर्ष माथिका कुल ३६ जनालाई जेष्ठ नागरिक सम्मान गरिएको छ । पालिकाका अनुसार वडा नं १ नाङखोल्याङमा १७ जना, वडा नं ६ थुम्बेदिनमा ८ जना, वडा नं ३ तिरिङ्गेमा ५ जना र वडा नं ४ डुम्रिसे तथा वडा नं ५ चाक्सिबोटेमा ३–३ जना ८६ वर्ष माथि उमेर समूहका नागरिकलाई सम्मान गरिएको समेत पालिकाले जनाएको छ ।  

वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको समेत पालिकाले जानकारी दिएको छ ।  

 

प्रकाशित: २१ माघ २०८२ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App