२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

बेपत्ता बालिकाको शव दुई दिनपछि फेला

कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडी स्थित घरबाट बेपत्ता भएकी बालिकाको शव  सोमवार बिहान मर्थी खोलमा फेला परेको छ।

आफ्नो ५ वर्षीय दाइँसँग घरबाट खेल्न बाहिर निस्किएकी अमित कुमार ओझाको २ बर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन।

बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेवी गाउँपालिका १ र शुद्धोदन गाउँपालिका ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

बालिकाको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको सिंहले बताए। 

प्रकाशित: २४ कार्तिक २०८२ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App