भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी लिए।
ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन्।
उनीहरुले बाढीबाट प्रभावित हरेक जलविद्युत आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिएका छन्।
उद्धार अभियानबारे जानकारी लिँदै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले आगामी रणनीतिबारे छलफल गरेका थिए।
ब्रिफिङमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह पनि सहभागी थिए।
प्रकाशित: १८ भाद्र २०८३ १५:१६ बिहीबार





-600x400.jpg)