८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा माइक्रोबस दुर्घटना, ११ घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो।

विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उनले बताए। अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ।

केही समय अगाडि सडकमा पहिरो गएको थियो।

प्रकाशित: १९ आश्विन २०८२ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App