६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै महानगर

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कामपाले यो तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन ।  

सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने उनले बताइन । दुर्घटना, चोटपटक, अचानक बिरामी अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्‍याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

‘आपत्कालीन अवस्थाका व्यक्तिको जीवनरक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर तालिम सञ्चालन गर्न लागेका हौँ’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परताजस्ता सूचकका आधारमा तालिम सञ्चालन गरिनेछ । एकपटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।’

हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिम सञ्चालन गर्न वडामा एक लाख ६३ हजार ८५० को दरले खर्च हुने जनाइएको छ । 

प्रकाशित: ६ चैत्र २०८२ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App