३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

गमलाका फूलले शहर सफा बनाउँदै महानगर

काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंह दरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् ।

यो फूल पहेँलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन् । किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।

यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।

 

प्रकाशित: २८ चैत्र २०८२ १५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App