सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० स्थित बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार विद्युत सर्टका कारण आगलागी भएको हो।
आगजनी लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास थालिएको थियो।
उद्योग ऐरनाचोक निवासी प्रेम बहादुर खड्काको स्वामित्वमा रहेको बताइएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित: १२ आश्विन २०८२ १४:१८ आइतबार





-1200x560-600x400.jpg)