२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कास्कीमा बजार अनुगमन तिब्र, अखाद्य खाना बेच्नेलाई कारवाही

होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तरबारे गुनासो आएको भन्दै कास्की प्रशासनले पोखरा र यस क्षेत्रको बजार अनुगमनलाई तिब्र बनाएको छ। अनुगमनका क्रममा गुणस्तरहीन खाना र खाजा खुवाउने होटल तथा रेस्टुरेन्ट, चमेनागृह र सामान बेच्ने पसललाई प्रशासनले जरिवाना पनि तिराएको छ।  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कारवाहीमा परेका चमेनागृह, होटल तथा रेस्टुरेन्ट र पसलले बस्तुको मूल्यसूँची नराखेको, ब्याच नम्बर, उत्पादन मिति, प्रयोगयोग्य मिति तथा लेवल नभएका बस्तुहरु बिक्री वितरण गरेकोले उनीहरुलाई कारवाही गरिएको हो। साथै पर्याप्त सरसफाई पनि नगरिएको, पेशा, व्यवासाय दर्ता समेत नगरि संचालन गरिएको अनुगमनका क्रममा पत्ता लागेको प्रशासनले बताएको छ।  

प्रशासनका अनुसार विभिन्न ११ वटा व्यावसायमा अनुगमन गरिएको थियो। तीमध्ये केही अस्पतालका चमेनागृह पनि थिए। अनुगमनका क्रममा लेकसाइडको श्रीकृष्ण माडवारी रेस्टुरेन्ट कारवाहीमा परेको छ। त्यस्तै सुनिल क्यान्टिन तथा खुद्रा पसल, न्युट्रि किचन प्रालि, सर्वगुण फुड्स एण्ड किचन, गुड डे हस्पिटालिटी, अञ्जली खाजा घर, असिम फेवा फ्रेस हाउस, दाहाल किरानापसल, जेनिसा केमिकल्स, न्यौपाने किराना पसल र जयसवाल सपिङ सेन्टर रहेका छन्। ती व्यावसायमा अनुगमन गर्दा भेटिएका अखाद्य बस्तु समेत नष्ट गरिएको प्रशासनले बताएको छ।  

कारवाहीमा परेका ६ वटा व्यावसाय कारवाहीमा परेका छन्। उनीहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना पनि गरिएको छ। प्रशासनले जरिवानासँगै उनीहरुलाई बिक्री गरिने बस्तु तथा सेवाको मुल्यसूँची सबैले देख्नेगरि राख्न, नियमित रुपमा व्यावसाय नविकरण गर्न, पर्याप्त सरसफाई राख्न, म्याद गुज्रेका सामाग्री अलग्गै राख्न निर्देशन दिएको छ। त्यस्तै उत्पादन र उपभोग्य मिति, ब्याच नम्बर नभएका बस्तु बिक्री वितरण नगर्न पनि प्रशासनले निर्देशन दिएको छ।

असार १५ गते देखि १९ गतेसम्म पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले पोखराका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो।  

प्रकाशित: २० असार २०८३ १६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App