७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

माओवादी केन्द्रद्वारा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्कपमल दाहालको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ।

सुवेदीले सामाजिक सञ्जालमार्फत दाहालको निवासमा आगलागी हुनुभन्दा दुई दिन पहिले नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भन्दै प्रचार गरेको भन्दै उजुरी दर्ता गरिएको हो। सचिवालयका अनुसार सुवेदीले सार्वजनिक गरेको उक्त दाबी पूर्ण रूपमा गलत र तथ्यहीन रहेको भन्दै उनले पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने उद्देश्यले भ्रम फैलाएको आरोप लगाइएको छ।

सचिवालयले दिएको उजुरीमा भनिएको छ, 'डिजिटल माध्यममार्फत् गलत सूचना प्रवाह गरी भ्रम सिर्जना गर्नु र चरित्रहत्या गर्नु गम्भीर साइबर अपराध हो। त्यसकारण देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराध ऐनअनुसार कानुनी अनुसन्धान र कारबाही गरियोस्।”

साइबर ब्यूरोले उजुरी दर्ता गरी प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ।

प्रकाशित: २७ आश्विन २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App