२५ असार २०८३ बिहीबार
image/svg+xml
समाज

कार्यसम्पादन मूल्याङ्कनमा मनाङ अब्बल हुँदा धनुषा अन्तिम : काठमाडौं कहाँ छ ?

गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णाङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिए । यसअघि पनि मनाङ पहिलो भएको उनले बताए ।

मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक नतिजाअनुसार १७.८७ अङ्क प्राप्त गरी म्याग्दी जिल्ला दोस्रो भएको छ । समान १७.६२ अङ्कका साथ भक्तपुर र रसुवा जिल्ला तेस्रो हुन सफल भएका छन् ।

त्यसपछि क्रमशः मकवानपुर र स्याङ्जा पाँचौँ, नुवाकोट, पूर्वी रुकुम र रुपन्देही सातौँ स्थानमा रहेका छन् । कास्की, झापा, डोटी र नवलपरासी (पूर्व) १०औँ स्थानमा रहेका छन् । काठमाडौं २.५ अङ्क प्राप्त गरी ७६औँ र धनुषा १.६८ अङ्क प्राप्त गरी ७७औँ स्थानमा रहेको छ ।

उपसचिव कुइँकेलका अनुसार गृह मन्त्रालयले नागरिकको सेवा प्रवाह, प्रशासन कार्यालयको कार्यसम्पादन, उत्तरदायित्वलगायत सूचक र मापदण्डका आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो । यस्तै मुद्दा फर्छ्योटको अवस्था, विपद् व्यवस्थापनमा गरेको काम, विकास निर्माणका कामका सन्दर्भमा गरिएको कामलगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन हुने उनले जानकारी दिए ।

प्रकाशित: १२ असार २०८३ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App