गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। दुर्घटनाका नौ घाइतेलाई गए राति नै यहाँ ल्याइएको थियो।
अस्पतालका चिकित्सक डा. सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये सात भारतीय र दुई नेपाली छन्।
मनकामना दर्शन गरेर फर्केका १६ भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रो बसमा सडकबाट झन्डै २०० मिटर तल खसेको थियो। सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ ११:३७ आइतबार





