३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सिंहदरबारमा जलेका सवारी साधनको व्यवस्थापन संसद् भवन परिषरमा

जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारी साधन हटाउन सुरु भएको छ । भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन थालिएको हो ।  

आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २ सय वटा चारपाङ्ग्रे र ४ सय दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको  छ ।  

जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए । 

प्रकाशित: २१ आश्विन २०८२ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App