४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

होटलमा मृत भेटिएका पुरुषको सनाखत

इलाम नगरपालिका–७, इलाम बजारको एक होटलमा पुरुषको शव फेला परेको छ। भानुपथको बसपार्कस्थित गजुरमुखी होटलमा शव फेला परेको प्रहरीले जनाएको छ।  

पाँचथरको हिलिहाङ गाउँपालिका–३ का अन्दाजी ३४ वर्षे डुपछिरिङ शेर्पाको शव भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी हिजो साँझ होटलमा आएर बास बसेका थिए।  

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकका परिवारजन आएपछिमात्र शव त्यहाँबाट निकालिने छ।

प्रकाशित: ८ भाद्र २०८२ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App