२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु

फाइल तस्बिर

हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ। शनिबार अदानचुली–३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएकी अन्दाजी ३६ वर्षीया बुढाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन्।

जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन्। सो खर्कमा मृतक बुढा र श्रीमती मात्र भएकाले बिहान मात्र पारिवारलाई जानकारी आएको हो।

जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन्। यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ। रासस

प्रकाशित: १८ श्रावण २०८२ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App