सङ्खुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन्।
जिल्लाको चैनपुर नगरपालिका-७ स्थायी घर भई हाल मादी नगरपालिका ४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि शुक्रबार आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २ श्रावण २०८३ १३:३४ शनिबार



-600x400.jpg)

