२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

मैवाखोलाले तोक्यो जग्गाको मूल्य

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक ऐनमार्फत चालु आर्थिक वर्षका लागि पालिका क्षेत्रका जग्गाहरूको मूल्याङ्कन दर निर्धारण गरेको छ । 

पालिकाले आर्थिक ऐनमार्फत साँघुपार्टी बजारदेखि आसिकेटारसम्म, साँघुपार्टी बजारदेखि पूर्वमा गोतामेडाँडाँसम्म, उत्तरमा नमूना माविको भवन, बत्तिसे देखि भट्टराई गाउँसम्म,साँघुपाटी बजार देखि टाउकेटार रंगशाला हुँदै गोतामेडाँडासम्मका बिक्री हुने जग्गाको मूल्य प्रतिरोपनी ८ लाख रुपैयाँ निर्धारण गरेको हो। 

सहायक बजार क्षेत्र आशिकेटार देखि लुकुवा क्षेत्रमा सडकको दायाँबायाँ रहेका तीन सय मिटरसम्मका घडेरी बिक्री हुने जग्गाको मूल्य प्रतिरोपनी ६ लाख निर्धारण गरिएको छ । वडा नं २ तेम्बे क्षेत्रको पोक्ला खेमबहादुर वनेमको घरसम्म पूर्व,प्राथमिक स्वास्थ्य केन्द्र झनलाल तेम्बेको खेत आसपास दक्षिण,गणेश तेम्बेको घर पश्चिम, प्रहरी चौकी हुँदै प्राथमिक स्वास्थ्य केन्द्रसम्म र उत्तरमा खगेन्द्र वनेमको घर आसपासका घडेरीको मूल्य प्रतिरोपनी ४ लाख रुपैयाँ हुने पालिकाले आर्थिक ऐनमार्फत उल्लेख गरेको छ । 

मैवाखोला गाउँपालिका वडा नं १ को क्षेत्र अन्तरगत तेल्लाबुङ बजार क्षेत्रको पूर्वमा जनकल्याण मावि,पश्चिममा बाघधारा,उत्तरमा रुद्रकुमारको खेत र दक्षिणमा सलबहादुर तामाङको घरसम्मका घडेरीको मूल्य प्रतिरोपनी ४ लाख रुपैयाँ निर्धारण गरिएको छ । वडा नं १ कै वडा कार्यालय क्षेत्रको पूर्व सेलुवाखोला,पश्चिममा पिपलचौक,उत्तरमा गैरी गाउँको तेर्सो बाटो र दक्षिणमा कुलबहादुर तामाङको घर आसपासका घडेरीयोग्य जमिनको मूल्य प्रतिरोपनी २ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ । 

यस्तै पूर्वमा साक्फारा क्षेत्रको सेलुवाखोला,पश्चिममा जैयाखोला,दक्षिणमा प्रेम तेम्बेको घर आसपास र उत्तरमा कारवारी कान्छाको घर आसपासका घडेरीयोग्य जमिनको मूल्य प्रतिरोपनी १ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ । वडा नं १ कै फट्याङ्ग्रे क्षेत्रको पूर्वमा श्याम मास्वाको घर,पश्चिममा उदय लिम्बूको घर,उत्तरमा अग्नि लिम्बूको घर र दक्षिणमा राजेश मास्वाको घर आसपास तथा सुन्तले आसपासको घडेरीको रुपमा बिक्री हुने जग्गाको मूल्य समेत प्रतिरोपनी १ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ । वडा नं २ अन्तरगत वडा कार्यालय क्षेत्रको पश्चिम कविर वनेमको घर,उत्तरमा पदम मुसुहाङको घर,दक्षिणमा सिंहराज मनरानी ओट्ने आधारभूत विद्यालय र पूर्वमा कविर वनेमको घर तथा टारी खोल्सा आसपासको घडेरीजन्य जमिनको प्रतिरोपनी ३ लाख ३० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । वडा नं ३ अन्तरगत मानेडाँडा गुम्बा,मानेडाँडा भ्यूटावर आसपासको घडेरीमा बिक्री हुने जग्गाको मूल्य प्रतिरोपनी २ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ । वडा नं ४ को वडा कार्यालय क्षेत्रको दक्षिणमा देवी खोल्सा,पश्चिममा गंगा आधारभूत विद्यालय खरबारी टोल आसपास,उत्तरमा नन्द श्रेङको घर र पूर्वमा हिमा भट्टराईको घर आसपासको घडेरीमा बिक्री हुने जग्गाको मूल्य प्रतिरोपनी २ लाख रुपैयाँ निर्धारण गरिएको छ । 

मैवाखोला वडा नं ५ मा वडा कार्यालय क्षेत्रको पूर्वमा पार्टीडाँडा मावि,पश्चिममा शाहजीत आधारभूत विद्यालय,उत्तरमा लाम्बसेम्बादेखि केशर वनेमको घर आसपास र दक्षिणमा कुलप्रसाद लिम्बूको घर आसपासका घडेरीयोग्य जमिनको मूल्य प्रतिरोपनी १ लाख ६५ हजार रुपैयाँ मूल्य हुने गरी निर्धारण गरिएको छ । वडा नं ६ अन्तरगत ६ नं वडा कार्यालय क्षेत्रको पश्चिम दानाबुङ खोर्पेखोला जिडब्लुटी खानेपानी मुहान हुँदै नरबहादुर लिम्बूको घर,उत्तरमा गंगाबहादुर र हर्कबहादुर लिम्बूको घर,पूर्वमा सुरवीर र अजय लिम्बूको घर र दक्षिणमा कुलबहादुर लिम्बूको घर आसपासका घडेरी योग्य जमिनको मूल्य प्रतिरोपनी २ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ । पालिकाका ६ वटै वडाहरूमा सञ्चालन हुने ठूला आयोजनाहरू,घडेरी भन्दा बाहेकका सबै क्षेत्रहरू,खानेपानी तथा जलविद्युत आयोजनाहरू र राष्ट्रिय प्रसारण लाइनले प्रभावित हुने क्षेत्रहरूको जग्गाको मूल्य प्रतिरोपनी ३ लाख रुपैयाँ हुने पालिकाले आर्थिक ऐनमार्फत मूल्य निर्धारण गरेको छ । पालिकाका अन्य ग्रामीण क्षेत्रहरूमा अलैँची बारी उल्लेख भएका जग्गाहरू प्रतिरोपनी १ लाख,फलफूल खेती भएकाहरू प्रतिरोपनी ५० हजार,धनहर खेत प्रतिरोपनी ४० हजार,पाखा बारी प्रतिरोपनी ३० हजार,जङ्गल प्रतिरोपनी न्यूनतम २० हजार र पाखा,पखेरा र भीर पहराहरू भएको क्षेत्रको जग्गा प्रतिरोपनी न्यूनतम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।  

प्रकाशित: १८ भाद्र २०८२ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App