२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

माइतीघर क्षेत्र तनावग्रस्त

अहिले काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।  

वैज्ञानिक समाजवादी विद्यार्थी, नेपाल जाति व्यवस्था उन्मूलन मोर्चा, नेपालको आयोजनामा सुकुम्बासीहरूको विस्थापन विरोधी विरोध प्रदर्शनमा थिए । त्यही समूहमा गणेश नेपालीको न्याय माग्दै आएका विद्यार्थी पनि सहभागी भएका छन् ।  

त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित: २६ असार २०८३ १६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App