बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान ६:३० बजेसम्म जारी गरेको विवरण अनुसार उपत्यका, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू बन्द रहेका छन्।
काठमाडौंको चन्द्रागिरीमा पहिरो गएका कारण काठमाडौं-धादिङ सडक एकतर्फी खुला छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेँसी सडक खण्ड र अन्य मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। पासाङ ल्हामु सडक पनि बाढीले अवरुद्ध छ।
धादिङको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने विभिन्न स्थानमा पहिरो गए पनि केही खण्ड एकतर्फी खुलेका छन्।
यस्तै, मुगुको गमगढी सडक, रोल्पाको शहीदमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्।


प्रकाशित: १९ भाद्र २०८३ ०७:३९ शुक्रबार



-600x400.jpg)

