कोस्मिक इलेक्ट्रिकल लिमिटेडका प्रबन्ध निर्देशक महेश महतो “उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार” बाट सम्मानित भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) ले आफ्नो ६३औँ इन्जिनियर्स डे को अवसरमा 'उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार' प्रदान गरेको हो । यो संस्थाले ४५ हजारभन्दा बढी इन्जिनियरहरुको प्रतिनिधित्व गर्छ ।
महतोको नेतृत्वमा कोस्मिक इलेक्ट्रिकलले विद्युत प्रसारण, ग्रामीण विद्युतीकरण तथा स्वच्छ ऊर्जा समाधानका क्षेत्रमा थुप्रै महत्वपूर्ण ईपीसी परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको छ। उनले सन् २०३५ सम्ममा ५ करोड मानिसहरूको जीवन सशक्त बनाउन नवप्रवर्तन, विद्युतीकरण र अन्तर्राष्ट्रिय सहकार्यमार्फत लक्ष्य लिएको बताएका छन् ।
सम्मान पाएपछि उनले भने, “यो सम्मान हाम्रो साझा दृष्टिकोण– इन्जिनियरिङ उत्कृष्टता र सामाजिक प्रभावमार्फत उज्ज्वल भविष्य निर्माण–को प्रतिबिम्ब हो ।”
प्रकाशित: ४ श्रावण २०८२ १९:५० आइतबार





