नवनिर्वाचित सांसद् महावीर पुनले सपथग्रहण नहुने भएपछि आफू पुस्तक बेच्न गएको बताएका छन्।
प्रतिनिधि सभा सदस्यमा म्याग्दीबाट निर्वाचित सांसद् पुनले शपथ ग्रहण हुने छाँट अझै नदेखिएको भन्दै आज बिहानदेखि पुस्तक बेच्न हिँडेको बताएका हुन्।
चुनाव सकिएपछि म्याग्दीको ६ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेसँग विकास र बजेटबारे पहिरो चरणको छलफल सकिएको पनि उनले बताए। छलफल पनि सकिएको भन्दै उनले फुर्सदको समय खेर फाल्नु साटो पुस्तक बेच्न गएको बताएका हुन्।
प्रकाशित: ५ चैत्र २०८२ १२:१६ बिहीबार





