१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

स्नातक उत्तीर्ण बेरोजगार युवालाई मधेश सरकारले मासिक दुई हजार भत्ता दिने घोषणा

मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरेर बेरोजगार रहेका युवाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउने तयारी थालेको छ।  

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गरी स्नातक उत्तीर्ण गरेर बेरोजगार रहेका युवाहरूलाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने प्रक्रिया सरकारले अगाडि बढाएको जानकारी गराएका छन्।  

पढेलेखेका युवाहरू रोजगारी नपाएर गलत क्रियाकलापतर्फ गइरहेको भन्दै सरकारले भत्ता दिन लागेको हो। उनीहरूलाई सही दिशामा लग्न सरकारले जीवननिर्वाह भत्ता दुई हजार दिने मुख्यमन्त्री यादवले बताए।  

उनका अनुसार प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक पास गरी १ लाख ४८ हजार युवा बेरोजगार रहेको तथ्याङ्क मुख्यमन्त्री यादवले जानकारी गराए।

प्रकाशित: १० मंसिर २०८२ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App