२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ। हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन्। उक्त रोगबाट तीन पशु चौपाया मरेका छन्।  

तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताए। भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ। यो रोग महामारीका रूपमा फैलिने खतरा छ। रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८२ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App