१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

स्थानीयले बयालिस थान हतियार बुझाए

स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन्।  

जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन्। हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए।  

उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरेका छन्। अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेका छन्।  

यसअघि जिल्ला प्रशासन कार्यालयले खोजी अभियान सञ्चालन गरेर अनुमति नलिएका ११५ थान हतियार बरामद गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०८२ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App