१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सडक बनाउन स्थानीय युवाको श्रमदान

कालीकोट सदरमुकामको जिरोपईन्ट नजिक सेरापाटामा अवरुद्ध सडक खुलाउन स्थानीय युवाले श्रमदान गरेका छन् ।  

नौ महिनादेखि अवरुद्ध  सडक मर्मतमा कुनै निकायले चासो नदिएपछि कालीकोट जिल्लामा उपलब्ध युवाहरूले श्रमदान गरेका हुन् ।

खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा २०८१ फागुनको तेस्रो साता पहिरोले सेरापाटा बजारको सडक भत्काएको थियो।

No description available.

महिनौदेखि सडक बन्द हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ। सडक मर्मतमा चासो नदेखिएपछि  युवाले मर्मतमा साथ दिएका छन् ।

मान्म बजारका व्यापारीदेखि आम नागरिकले बजारमा सहज रूपमा हिँडडुल गर्न सकेका छैनन्। नगरपालिकाले सडक बनाउन ५ लाखको  समिति  बनाएर झारो टार्न खोजेको आरोप छ।

लामो समयदेखि सदरमुकाम मान्म बजारको मुख्य सडक अवरुद्ध भएकाले युवाहरुले श्रमदान  सुरु गरेका छन् । सडक बन्द हुँदा बिरामी र व्यापारीले दु:ख खेप्नुपरेको छ।

No description available.

प्रकाशित: १६ कार्तिक २०८२ २०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App